सिमार चौकीमा कार्यरत सबैजना प्रहरीमा कोरोना पुष्टि « Image Khabar


सिमार चौकीमा कार्यरत सबैजना प्रहरीमा कोरोना पुष्टि


Imagekhabar
१३ मंसिर २०७७, शनिबार १०:४०

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिक स्थित सिमार प्रहरीचौकीमा कार्यरत सबैजना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

प्रहरी चौकीमा एकै पटक १० जनामा कोरोना पुष्टि भएको हो ।

डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना पुष्टि भएको हो ।

प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्