Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


२९ हजारले लगाए कोरोनाविरुद्धको खोप, स्वास्थ्य समस्या कसैलाई पनि देखिएन

काठमाडौं । कोभिड–१९ खोप अभियान अन्तर्गत बिहीबार बेलुकीसम्म लगभग २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ हजार ७ सय ३२ जनाले खोव लगाएका छन् । मन्त्रालयका अुनसार प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, बागमतीमा…