काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको बताउनुभएको छ । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै उहाँले कोभिड भयावह हुन नदिन ध्यान…