काठमाडौं, बैशाख १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरुको परीक्षण नगराउन आइतबार सूचना जारी गरेको छ । यसरी परीक्षण गर्न आएकाहरुबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर…