बैतडी । बैतडीमा जनस्तरबाटै अक्सिजन सहयोग अभियान सञ्चालनमा रहेको छ । जिल्ला अस्पतालमा अक्सिजनको अभाव देखिएपछि जनस्तरबाटै उक्त अभियान सञ्चालन गरिएको हो । दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते सुरु भएको उक्त अभियानमा हालसम्म ७ लाख २२ हजार ६ सय ६७ रुपैंया संकलन भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठान अध्यक्ष तथा अभियन्ता विनोदबहादुर चन्दले जानकारी…