काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड नियन्त्रणमा सहयोग गर्न इञ्जिनियरहरूको स्वयंमसेवक टोली परिचालन गरेको छ । बायोमेडिकल ईञ्जिनियरहरूको स्वयंसेवी समुह बनाएर परिचालन गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति मार्फत जानकारी दिनुभएको होे । उहाँले कोरोना उपचारमा अस्पताल, स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवा दिने गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान सुरू…