काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ७५ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या आठ लाख २५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण पछिल्लो २४…