कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य


0
Shares

एजेन्सी । पछिल्लो २४ घण्टामा चीनमा परीक्षण गरिएका मध्य कसैलाई पनि कोरोना संक्रमण नभएको बताइएको छ ।

‘जिरो कोभिड एप्रोच’ लाई कडाइका साथ लागू गरेको चीनमा पछिल्लो समय कसैलाई पनि संक्रमण नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनाएको छ । गत जुलाई यता चीनमा स्थानीय सङ्क्रमण फेला नपरेको यो पहिलो पटक हो ।

गत जुलाई २० यता निकै सङ्क्रामक मानिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टको सङ्क्रमणबाट चीन ग्रस्त बनेको थियो । पूर्वी सहर नान्जिङमा विमानस्थलका सफाइ कर्मचारीमा पहिलोपटक यो भेरियन्ट पुष्टि भएको थियो । त्यसपछि चीनमा सन् २०२० यताकै खराब सङ्क्रमणको अवस्था देखिएको थियो ।

देशका ३१ प्रान्तमा १२ सयभन्दा बढीमा सङ्क्रमित फेला परेका थिए । त्यस यता चीनका स्थानीय अधिकारीहरूले लाखौँ जनतालाई कडा लकडाउनमा राख्नुका साथै ठूलो स्तरमा परीक्षण र ट्रेसिङ अभियान सुरु गरेको थियो । स्थानीय यात्रामा प्रतिबन्ध लगाइएको थियो ।

यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । यदि अहिलेको स्थिती कायम रहे चीन डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।