काठमाडौं । अमेरिकी गुप्तचर निकायहरूले कोभिड–१९ को उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने बताएका छन् । ती निकायले कोरोनाभाइरस जैविक हतियार भने नभएको निष्कर्ष निकालेका छन् । अफिस अफ द यूएस डाइरेक्टर अफ नेसनल इन्टिलिजेन्स (ओडिएनआई)ले अद्यावधिक गरेको विवरणमा जनावरबाट मानिसमा फैलिएको र प्रयोगशालाबाट मानिसमा सरेको दुवै परिकल्पना वास्तविक हुनसक्ने बताएको छ । तर, किटानीसाथ…