काठमाडौं । चिकित्सा शिक्षा आयोगले विभिन्न शीर्षकमा कानुनविपरीत शुल्क लिने मेडिकल कलेजहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । आयोगले चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) तर्फ आयोगले तोकेको भन्दा धेरै शुल्क लिएको भेटिए कारवाही गर्ने जनाएको हो । काठमाडौं विश्वविद्यालयअन्र्तगतका मेडिकल कलेजहरूले अतिरिक्त भन्दै सरकारले तोकेभन्दा २० लाख बढी रकम मागेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।…