काठमाडौं । १ सय भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएपछि सरकारले जतिसक्दो छिटो सबैलाई खोप लगाउन आग्रह गरेको छ । नेपालमा हालसम्म ३ जनामा ओमिक्रोनको संक्रमण देखिएपछि सरकारले छिटो खोप लगाउन आग्रह गरेको हो । १ वर्षको अवधिमा नेपालले ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज खोप प्राप्त गरिसकेको छ…