काठमाडौं । कर्णाली प्रदेशका विभिन्न भेगमा औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । चालु आर्थिक वर्षमा प्रदेशमा ३२ जना औलोको विरामी फेला परेका छन् । हुम्लाको ताजाकोट गाउँपालिका, मुगुको खत्याड गाउँपालिका तथा कालिकोटको खाँडाचक्र नगरपालिका औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् । त्यस्तै मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका, सर्केगाड गाउँपालिका, ताजाकोट गाउँपालिका,…