Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


प्रत्येक वर्ष तीन हजार भन्दा बढीको मृगौला फेल


429
Shares

काठमाडौं । नेपालमा प्रत्येक वर्ष तीन हजार भन्दा बढीको मृगौला फेल हुने गरेको छ ।

त्यसैगरी एक हजार जनाको कलेजो पनि फेल हुने गरेको छ । नेपालमा एक मात्र मानव अंग प्रत्यारोपण केन्द्रको रुपमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्येक वर्ष अंग प्रत्यारोपणको काम गरिरहेको छ । केन्द्रले स्थापनाको १० वर्षमा ८ सय ४० जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ ।

मासिक रुपमा पाँच सय भन्दा बढीले मृगौला प्रत्यारोपण गराउन केन्द्रमा निवेदन दिएपनि पर्याप्त पूर्वाधार र जनशक्तिको अभावमा करिब दुई सय जनाको मात्र मृगौला प्रत्यारोपण गर्न सक्ने केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले राज्यले सातै प्रदेशमा मावन अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्न सके मात्र देशभरका मृगौलाका रोगीहरुले सहज उपचार पाउने बताउनुभयो ।

उहाँले काठमाडौंका अन्य केही सरकारी अस्पतालमा पनि मृगौला प्रत्यारोपणको व्यवस्था भएपनि महंगो उपचारका कारण सर्वसाधारणले पर्याप्त सेवा पाउन नसकेको भन्दै, सरकारले निःशुल्क डायलायसिस गर्ने भनिएपनि उपचार प्रक्रियामा लाग्ने औषधिको भने बिरामी आफैंले व्यहोर्नुपर्ने भएकाले उपचार महंगो भएको केन्द्रका निर्देशक श्रेष्ठले बताउनुभयो ।

उहाँले सातै प्रदेशमा यस्ता उपचार केन्द्र स्थापना गर्न सके मृगौल र कलोजको उपचारमा मात्र वार्षिक २ अर्ब भन्दा बढी विदेसिनबाट रोकिने दावी गर्नुभयो । केन्द्रमा हाल १०० शैया बेडको अस्पताल सञ्चालमा छ ।

आगामी दिनमा क्षमता बढाएर ५ सय पुर्याउने लक्ष्य रहेको बताइएको छ ।