Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सदरमुकामस्थित गोठलापानीमा एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० ओटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो…