काठमाडौं । स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भएपछि स्पष्ट गर्दै यसबारे कुनै निर्णय नभएको जनाएको हो । मत हाल्ने दिन सबैको ध्यान मतदानमा हुने भएकोले त्यो खोप सम्भव नदेखिएको…