१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


प्रदेश नम्बर ३ को मतदान जावलाखेलमा, आठ जना निर्बाचित हुँदै

प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् । ललितपुर महानगरपालिकाको जावलाखेल मैदानमा मतदान हुँदैछ । यस प्रदेशबाट ८ जना निर्वाचित हुँदैछन् । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।