आज राष्ट्रियसभाको निर्बाचन हुँदै, १४ वटा मतदान केन्द्र निर्धारण • Image Khabar Image Khabar


आज राष्ट्रियसभाको निर्बाचन हुँदै, १४ वटा मतदान केन्द्र निर्धारण


Imagekhabar
२४ माघ २०७४, बुधबार ०८:३३

आज राष्ट्रियसभाको निर्बाचन हुँदै, १४ वटा मतदान केन्द्र निर्धारण

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

मतदानका लागि विहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरस्थित पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालयनजिक सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्