Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


भारतद्वारा निर्बाचन आयोगलाई ८६ वटा सवारी साधन सहयोग

नेपालका लागि भारतीय राजदूत मन्जिभसिह पुरीले आज(सोमबार) निर्वाचन आयोगमा सवारी साधनहरुको साँचो हस्तान्तरण गरे । भारत सरकारले उपलब्ध गराएका सवारी साधनहरुमा ३५ वटा पिकअप, ७ वटा स्करपियो जीप, ५ वटा कार, एउटा मिनीबस, एउटा माइक्रो बस, ३० वटा पल्सर मोटर साइकल र ७ वटा स्कुटर रहेका छन् ।