Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


‘निर्वाचन आयोग चिन्तित’


0
Shares

प्रमुख आयुक्त यादवले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरु सम्पन्न गरिसकेको भएपनि विकसित राजनीतिक घटनाक्रमले आयोग चिन्तित भएको बताएका हुन् ।

निर्वाचन आयोगले शनिबार राजधानीमा आयोजना गरेको स्थानीय तह निर्वाचन पर्यवेक्षकसम्बन्धी राष्ट्रिय संघ–संस्थाहरुलाई अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त डा. यादवले स्थानीय तहको निर्वाचन राष्ट्रिय जिम्मेवारी भएकाले सबैपक्ष जिम्मेवाररुपले प्रस्तुत् हुनुपर्ने धारणा राखे ।

निर्वाचन पर्यवेक्षक निष्पक्ष नभए राजनीतिक वातावरण नै बिग्रने भन्दै प्रमुख आयुक्त यादवले चुनावमा निष्पक्ष र जिम्मेवार भएर काम गर्न निर्देशन दिए ।

प्रमुख आयुक्त यादवले विगतमा निर्वाचन पर्यवेक्षक संघ–संस्थाहरुमाथि निष्पक्ष नभएको आरोप लागेको स्मरण गर्दै निष्पक्षतामा विशेष ध्यान दिन आग्रह गरे ।

उनले पर्यवेक्षकसंस्थाहरुमाथि अनुगमन गर्न आयोगले तयारी गरिसकेकोसमेत बताए ।