एमालेकी प्रभा बराल ११ हजार ६१३ मत ल्याइ प्रमुखमा विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किरणभूषण ओलीले सात हजार २९२ मत प्राप्त गरेका छन् । यस्तै, उपप्रमुखमा एमालेकै इमानसिंह लामा ११ हजार ८८२ मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अनिता मैनाली सात हजार ७४ मत प्राप्त गरेकी छन्…