चाँगुनारायणमा विवाद चर्कियो, नतिजा सार्वजनिक रोकियो « Image Khabar


चाँगुनारायणमा विवाद चर्कियो, नतिजा सार्वजनिक रोकियो


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १४:२३

नेकपा एमालेको मत बढी आएको भन्दै नेपाली कांग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मतपरिणामसमेत सार्वजनिक गरिएको छैन ।

बिहान ७ बजे मतपरिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मतपरिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ ।

वडा नम्बर–४ को मतगणना पुनः गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । मध्याह्नसम्म पटक–पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्