मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोदेखि मतगणना बहिस्कार गरेपछि आज बसेको सर्वदलीय बैठकमा १० बुँदे समझदारी भएसँगै मतगणना पुनः सुरु भएको हो । सर्वदलीय बैठकले मतगणनालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा सहमति गरेको हो । त्यसैगरी प्रमुख निर्वाचन आयुक्तले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली…