सिन्धुलीमा निर्बाचित जनप्रतिनिधिहरु धमाधम शपथग्रहण गर्दै « Image Khabar


सिन्धुलीमा निर्बाचित जनप्रतिनिधिहरु धमाधम शपथग्रहण गर्दै


Imagekhabar
६ जेष्ठ २०७४, शनिबार १०:०६

जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित कमलामाई नगरपालिकाको प्रमुख, उपप्रमुख वडाअध्यक्ष तथा सदस्यहरुको निर्वाचनमा विजयी भएका ७२ जना जनप्रतिनिधिले सपथ र पद बहाली गरेका हुन् ।

सिन्धुलीस्थित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश परशुराम भट्टराईले कमलामाई नगरपालिकाका नवनिर्वाचित प्रमुख खड्गबहादर खत्री, उपप्रमुख मन्जु देवकोटा तथा १४ वडाका वडाअध्यक्षलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिकाका लागि नवनिर्वाचित प्रमुख खड्गबहादर खत्री, उपप्रमुख मन्जु देवकोटा लगायतका वडा अध्यक्ष तथा सदस्यहरुले पद बहाली गरी कार्य सञ्चालनसमेत गरेका छन् ।

सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिका गरी कुल ९ वटा स्थानीय तहका लागि दुई प्रमुख, दुई उपप्रमुख, सात अध्यक्ष, सात उपाध्यक्ष, ७९ वडाध्यक्ष, ३ सय १६ वडा सदस्यहरु पहिलो चरणको निर्वाचनबाट निर्वाचत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्