राष्ट्रिय शिल्पी आन्दोलन नेपालले सोमबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले शिल्पी समुदायले दलित मुक्तिका लागि गरेको संघर्ष र बलिदानको उपेक्षा गरिएको बताए । उनीहरुले संविधानबाट अपमानित दलित शब्द हटाएर सम्मानजनक शिल्पी पहिचान र शिल्पी विशेष प्रदेशको प्रावधान संविधानमा उल्लेख गर्न माग गरेका छन् । कार्यक्रममा राष्ट्रिय शिल्पी आन्दोलनका संयोजक दानबहादुर विश्वकर्माले संविधानबाट तथाकथित दलित पहिचान हटाई…