शिल्पी समुदायको गणतन्त्रमा पनि उत्थान हुन नसकेको गुनासो • Image Khabar Image Khabar


शिल्पी समुदायको गणतन्त्रमा पनि उत्थान हुन नसकेको गुनासो


Imagekhabar
१७ माघ २०७३, सोमबार १८:२६

शिल्पी समुदायको गणतन्त्रमा पनि उत्थान हुन नसकेको गुनासो

राष्ट्रिय शिल्पी आन्दोलन नेपालले सोमबार राजधानीमा गरेको कार्यक्रमका सहभागीहरुले शिल्पी समुदायले दलित मुक्तिका लागि गरेको संघर्ष र बलिदानको उपेक्षा गरिएको बताए ।

उनीहरुले संविधानबाट अपमानित दलित शब्द हटाएर सम्मानजनक शिल्पी पहिचान र शिल्पी विशेष प्रदेशको प्रावधान संविधानमा उल्लेख गर्न माग गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय शिल्पी आन्दोलनका संयोजक दानबहादुर विश्वकर्माले संविधानबाट तथाकथित दलित पहिचान हटाई शिल्पी पहिचान उल्लेख गराउन सर्वोच्च अदालतमा रिट दायर गर्ने र सर्वोच्च अदालतले पनि उपेक्षा गरे अन्तर्राष्ट्रिय अदालत जाने बताए ।

कार्यक्रममा दान बहादुर विश्वकर्माको पुस्तक मुक्ति आन्दोलनको धरोहर रेशमदासको संघर्ष गाथा र कवि भोलामान वर्देवाको काब्यात्मक पुस्तक विमोचन पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्