गम्भीर घाइते हुनेमा झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई–८ का ४२ वर्षीय दीपक राई छन् । झापाको बिर्तामोडबाट इलामको पशुपतिनगरतर्फ काठ लिन गएको को३प ६०६० नम्बरको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।