२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड


0
Shares

इन्जिनियरिङ संकायका विद्यार्थीले प्राध्यापक पदपूर्तिको माग राख्दै विश्वविद्यालयको कार्यालय तोडफोड गरेका हुन् ।

विद्यार्थीका मागबारे छलफल भइरहेकाबेला २०/२५ जनाको संख्यामा आएको विद्यार्थीको एक समूहले अचानक विश्वविद्यालयका प्रशासन कार्यालयमा प्रवेश गरी तोडफोड गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले विद्यार्थीहरुले टेबुल, कम्प्युटर, कुर्सी, प्रिन्टर, पंखालगायतका सामान तोडफोड गरेको जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापक, ल्याब तथा आधारभूत भौतिक संरचनाको अभाव खेपिरहेका इन्जिरियरिङ संकायका विद्यार्थीले लामो समयदेखि शिक्षक पदपूर्तिको माग गर्दै आएका छन् ।

विद्यार्थीहरुले भने आफूहरुले तोडफोड नगरेको जिकिर गरेका छन् ।