२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु


0
Shares

जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडौंबाट रोजगारीका लागि कतार गएका सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए । मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन् ।

यसैबीच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन् । (रासस)