Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


जथाभावी सडक निर्माणले दोहन र भूक्षय


0
Shares

सिन्धुलीका ग्रामिण क्षेत्रमा स्थानीय निकायद्वारा वातावरणीय प्रभाव मूल्यांकन बिनै सडक बनाउँदा प्राकृतिक दोहन र विनाश बढेको हो ।

महाभारत र गढतीर क्षेत्रका पहाडहरुमा जथाभावी स्काभेटर, डोजर लगाई भूक्षय गरेपछि नदी खोलाहरु आसपासमा भूक्षय र वातावरणीय असन्तुलनको समस्या उत्पन्न भएको हो ।

अत्यन्त कमजोर भूबनावटको पहाड मानिने सिन्धुलीको चुरे पहाड र भावर क्षेत्रमा दोहन बढेपछि वातावरणीय सन्तुलनमै समस्या आउने देखिएको छ ।

सरकारले चुरे आसपासका जिल्लामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र राष्ट्रपति तराई मधेस विकास समितिले विभिन्न कार्यक्रम संचालन गरेको छ ।

तर भूक्षय र दोहन बढेर त्यस आसपासका क्षेत्रको उर्वर खेतीयोग्य जग्गा सिंचाईको अभावमा बगरमा परिणत हुन थालेका छन् ।