हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अबरुद्ध भिरकाटे खण्ड मर्मतपछि एकतर्फी सञ्चालनमा आएको हो । वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा बेनी-जोमसोम सडकखण्डअन्तर्गतको करिब ३० मिटर सडक कटान गरेको थियो भने झन्डै १ सय मिटर सडक प्रभावित बनाएको थियो । अबरुद्ध सडक खुलाउनका लागि जिल्लास्थित सुरक्षा निकाय र अन्नपूर्ण गाउँपालिकाले…