Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बेनी-जोमसोम सडक अस्थायी रुपमा खुलाउने तयारी


0
Shares

कालिगण्डकी नदीको कटानले अन्नपूर्ण गाउँपालिका–६ घारको भीरकाटेमा सडक बगाउँदा यात्रु अलपत्र परेका छन् ।

उत्तरी म्याग्दीका विभिन्न गाउँका साथै मुस्ताङको मुक्तिनाथ दर्शन गर्न पुगेका भारतीय धार्मिक पर्यटकसहितका यात्रु अलपत्र परेका हुन् ।

बैकल्पिक मार्गको सम्भावना नभएकाले कटान गरेको आसपासको चट्टान फुटाएर सडक सञ्चालन गर्नुपर्ने भएको छ ।

कालिगण्डकीमा पानीको सतह नघटेकाले सडक छेउका चट्टान फुटाएर अस्थायी रुपमा यातायात सञ्चालन गर्ने प्रयास भइरहेको हो ।

नदीले कटान गरेको ठाउँमा ढुंगा राख्दै ट्रयाक खोल्ने प्रयास गरिएको छ ।

केही दिन यता लगातार भइरहेको बर्षाका कारण ७९ किलोमिटर लामो बेनी जोमसोम सडकको गलेश्वरदेखि दानासम्म सडक हिलाम्मे हुँदा यातायात सञ्चालनमा समस्या भएको छ ।