गोरखा, लमजुङ र म्याग्दी सुरक्षाका दृष्टिले चुनौतीपूर्ण देखिएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा भने निर्वाचनमा मौसमको चुनौती देखिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा प्रदेश ४ का गोरखा, लमजुङ र म्याग्दी सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको छ । ती मध्ये गोरखामा ‘हेभिवेट’का उम्मेदवारबीच प्रतिष्पर्धा हुनु…