राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रीहरुले बिदाइ गरेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो । राष्ट्रपति भण्डारी युएईका राजकुमार तथा त्यहाँका सशस्त्र बलका नायव सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा त्यता प्रस्थान गरेकी हुन् । युएईसँग नेपालको…