Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बूढीगंगा नदीमा बेवारिसे शव भेटियो


0
Shares

साफेबगर नगरपालिका–४ पक्की पुलनजिकै बूढीगंगा नदीको बीचमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

आइतबार साँझ ५ बजेतिर प्रहरीको एक टोलीले शवलाई नदीबाट निकालेको हो ।

प्रहरीले मृतकको साथबाट ८ हजार ४३० रुपैयाँ नगद र एक नेपाली र एक भारतीय सिमकार्ड भएको लाभा कम्पनीको मोबाइल भेटिएको जनाएको छ ।

मृतकको सनाखत हुन नसकेको र शनिबार बिहान शवको पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मंगलसेन पठाइएको इलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी निरीक्षक महेन्द्रबहादुर कलौनीले जानकारी दिए ।