Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति भण्डारी युएई प्रस्थान


0
Shares

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रीहरुले बिदाइ गरेका थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।

राष्ट्रपति भण्डारी युएईका राजकुमार तथा त्यहाँका सशस्त्र बलका नायव सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा त्यता प्रस्थान गरेकी हुन् ।

युएईसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा भएको यस भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले युएईका उच्चपदस्थ अधिकारीहरुसँग औपचारिक भेटघाट गर्नेछिन् ।

राष्ट्रपति भण्डारी कात्तिक ३० गते स्वदेश फर्कने जनाइएको छ ।