बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन् । टुकीको उज्यालोमा रातमा काम गर्नुपर्ने र ससाना बालबालिकालाई पढ्न समस्या भएको छ । स्याउलीबजारका स्थानीयवासी सुनिल श्रेष्ठले बन्द आयोजना बिग्रेको चार वर्षसम्म कहीँकतैबाट मर्मतका लागि पहल हुन नसक्दा टुकीको भरमा रात बिताउनु पर्ने बाध्यता नहटेको बताए । स्थानीय खोलाबाट निकालेको विद्युुतले…