चन्दा संकलन गरेर तयार भयो बहुधार्मिक मन्दिर • Image Khabar Image Khabar


चन्दा संकलन गरेर तयार भयो बहुधार्मिक मन्दिर


Imagekhabar
१२ माघ २०७४, शुक्रबार ०७:५३

चन्दा संकलन गरेर तयार भयो बहुधार्मिक मन्दिर

जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवी देवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले उक्त मन्दिर उद्घाटन गरे ।

किराँतकालदेखि नै मालुङ–पालुङ ढुंगाको रुपमा परिचित धाममा मन्दिर निर्माण गरी स्थानीयले बहुधार्मिक मन्दिरको नाम दिएका हुन् । लिम्बु भाषामा ‘मालुङ’ भनेको आमा ढुंगा र ‘पालुङ’ भनेको बुवा ढुंगा भन्ने अर्थ हुन्छ ।

मन्दिरमा किराँत धर्मगुरु फाल्गुनन्द, शिव पार्वती, गणेश, वुद्ध, लक्ष्मी र पाथीभरा देवीको मूर्ति राखिएको छ । ताप्लेजुङको पाथीभरा धामको शिला ल्याएर राखिएकाले दर्शन गर्न ताप्लेजङसम्म पुग्न नसक्नेले यहीँबाट पनि पाथीभरा देवीको दर्शन गर्न सक्ने मन्दिर निर्माण समितिका कोषाध्यक्ष झइन्द्र खनालले बताए ।

मन्दिर निर्माणका लागि १० लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्