२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


६५ वर्षमै वृद्धभत्ता पाइने भएपछि रुकुमका ज्येष्ठ नागरिक दंग


0
Shares

बुधबार मन्त्रिपरिषदले ज्येष्ठ नागरिकलाई ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको थियो । सरकारको निर्णय विशेष गरी गरीब, सहाराविहीन र कम आयस्रोत भएका ज्येष्ठ नागरिकलाई सहारा बनेको उनीहरुको प्रतिक्रिया छ । ज्येष्ठ नागरिकलाई ७० वर्षमा वृद्धभत्ता दिँदै आएकोमा अब ६५ वर्षमै वृद्धभत्ता पाउने भएपछि उनीहरु खुशी भएका हुन् ।

लामो समयसम्म नेपाल सरकारका विभिन्न गतिविधि, अभियान र राज्यलाई सघाउँदै आएका ज्येष्ठ नागरिकले अब राज्यले समयमै भत्ता दिन थालेकोमा आफुहरुको सम्मान भएको बताए ।

नेपालमा २०५१ सालदेखि सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन थालेको हो । ज्येष्ठ नागरिकले वृद्धभत्तामा वृद्धि गरिएको भए पनि औषधोपचार, ज्येष्ठ नागरिक कल्याणकारी कोषको व्यवस्था गर्न पनि माग गरेका छन् ।