
काठमाडौं आसपासका डाँडाहरुमा हिमपातले चिसो बढाए पनि हिउँसँग रमाइलो गर्न धेरै तन्नेरीहरु डाँडातिर उक्लिन भ्याए ।
पर्यटकीय क्षेत्र दामनमा पुगेर हिउँ सँग रमाइलो गर्नेहरुको भीड नै लाग्यो ।
काठमाडौंका २५ सय मिटर उचाईभन्दा अग्ला चन्द्रागिरी, फुलचोकी र शिवपुरी, मकवानपुरको दामनलगायतका क्षेत्रमा बाक्लो हिउँ पर्यो ।
पश्चिमी वायुको प्रभावका कारण मंगलबार रातिदेखि देशका विभिन्न भागमा पानी परेको र योक्रम पश्चिमबाट पूर्वतर्फ सर्दै गएको मौसमविद्हरुले बताएका थिए ।
वर्षा गराउने वायुचक्र पश्चिमबाट प्रवेश गरेकाले मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम भागमा धेरै पानी परेको र हिमपात पनि भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्