१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जेब्राक्रसमै टिपरको ठक्करबाट मृत्यु, आक्रोशितले गरे आगजनी


0
Shares

घरबाट नजिकैको मन्दिरमा पूजा गर्न बुहारीसँगै जेब्राक्रसबाट सडक पार गर्दैगर्दा तीव्रगतिमा गएको टिपरले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–२ जानकीनगरकी ८९ वर्षीय वृद्धा विष्णुकुमारी भट्टराईलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट सख्त घाइते भएकी भट्टराईको युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारकाक्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

टिपरले ठक्कर दिएपछि आक्रोशित समूहले सोही स्थानमै रोकेर आगजनी गरिदिएका थिए । आगजनीबाट टिपर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

सोहीक्रममा आक्रोशित समूहले अन्य दुईओटा टिपरसमेत तोडफोड गरी क्षति पुर्‍याइदिएका छन् ।

जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको थियो । रासस