
परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताए ।
उनले भने–‘हामीले प्रत्येक महिना नै सर्च एन्ड अपरेसन गर्दछौं ।’
फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति–सुरक्षाको अवस्था बुझ्न र नागरिकसँग प्रत्यक्ष संवादका लागि नियमित सर्च हुने गरेको उनको भनाइ छ ।
सिलवालकोसमेत खोजी भइरहे पनि फेला नपरेको उनी बताउँछन् ।
भट्टेडाँडामा भएको ‘सर्च एन्ड अपरेसन’का नेतृत्व गरेका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले सिलवालकोमात्रै खोजी गर्न नभएर नियमित कार्यक्रम भएको प्रस्ट्याए ।
सिलवाललाई पक्राउ गर्नका लागि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।
परिसरका प्रमुख ऐरले भने ललितपुर परिसरमात्रै नभएर ७७ जिल्लामा काठमाडौं परिसरले पत्राचार गरेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्