२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


मलामी गएका बालक नदीमा डुबेर बेपत्ता

बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६, बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आफन्तको मलामी गएका उनी शिवनाथ गाउँपालिका–१ खाणघाँटमा पौडी खेल्नेक्रममा बिहीबार दिउँसो साढे १ बजे महाकालीमा बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजीकार्य जारी रहेको छ । प्रहरीचौकी महाकालीबाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी गरिरहेको जनाइएको छ…