
गत पुस १३ गतेको गाउँसभाबाट पारित निर्णय विपरित गाउँपालिकाको केन्द्र कायम भएको आरोप लगाउँदै स्थानीय आन्दोलित भएका हुन् ।
वडा नम्बर ३ को बासा स्वास्थ्य चौकीदेखि हाल गाउँपालिकाको कार्यालय दाम्कुसम्मको सडक आसपासमा केन्द्र राख्ने निर्णय गरिए पनि गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले एकलौटी रुपमा खास्तापको बासालाई केन्द्र तोकेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।
अध्यक्ष राईको सिफारिसबमोजिम गाउँपालिकाको केन्द्र साविक बासा गाविसको खास्तापमा तोकेर राजपत्रमा सूचना प्रकाशित भएको छ ।
गाउँपालिकाको केन्द्र सार्ने अध्यक्षको पछिल्लो सिफारिस विरुद्ध वडा अध्यक्षहरु भने विभाजित देखिएका छन् ।
केही वडा अध्यक्षले साविकको दाम्कुमा रहेको केन्द्र सार्न नहुने बताएका छन् भने केही वडा अध्यक्षले अहिले तोकिएकै स्थान सबैलाई पायक पर्ने बताएका छन् ।
गाउँसभाबाट पारित निर्णय अनुरुप केन्द्र सिफारिस नभएसम्म चरणबद्ध आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्