२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पृतना निर्माणले सुकुम्बासीहरु मर्कामा


0
Shares

सरकारले गत पुसमा हरेक प्रदेशमा नेपाली सेनाको पृतना बनाउने निर्णय गरेको थियो ।

जसअनुसार बर्दिबास, किसानगर र पशुपतिनगरका सुकुम्बासीहरुले भोगचलान गर्दै आएको खेतीयोग्य जग्गा र बसोबास क्षेत्रमा सेनालाई पृतना निर्माणका लागि दिइएको हो ।

पृतनाको नाममा जग्गा नामसारी गरिएपछि बर्दिबास नगरपालिका वडा नम्बर–७, किसाननगर, वडा नम्बर–८, हात्तीलेटका विजयबस्ती र गिरीटोल, वडा नम्बर–९, पशुपतिनगर र वडा नम्बर–१३, विजलपुराका १६४ परिवार विस्थापित हुने स्थानीयहरुले बताएका छन् ।

युद्ध कबज गणका मेजर पुकार बस्नेतले भने सुकुम्बासीहरुलाई उठिबास नगराउने गरी नक्सांकन गरिएको दाबी गरेका छन् ।