‘महिलाको उत्थान र विकासका लागि अंश र वंशको अधिकार आवश्यक’ • Image Khabar Image Khabar


‘महिलाको उत्थान र विकासका लागि अंश र वंशको अधिकार आवश्यक’


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार १४:१५

‘महिलाको उत्थान र विकासका लागि अंश र वंशको अधिकार आवश्यक’

काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा बिहीबारदेखि सुरु भएको फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री पोखरेलले त्यसका लागि सबै क्षेत्रका महिलाले आवाज उठाउनुपर्ने बताए ।

हक, अधिकारका लागि उच्च तहमा पुगेका महिलाहरु नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

प्रदर्शनीमा देश विकासका लागि विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने २०० भन्दा बढी नेपाली महिलाहरुको तस्वीरहरु राखिएका छन् ।

साँस्कृतिक संग्रहालयले फोटो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनी फागुन ३० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्