अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा श्रम, रोजगार, महिला वालवालिका तथा समाजिक सुरक्षामन्त्रालयले गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले अझै पनि समाजमा महिलामाथि हुने विभेद अन्त्य नभईसकेको बताउदै यसका लागि महिलाहरु सशक्त भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सहभागीहरुले विगतमा भएका कमिकमजोरीलाई हटाउँदै महिला सशक्तिकरणका लागि राज्यले ल्याएको कानुलाई पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
विगतको तुलनामा महिलाका हक स्थापना तथा उनीहरुको मानवअधिकार संरक्षणमा उल्लेखनीय प्रगती हांसिल भइरहेको भएपनि महिला हिंसामा भने कमि नआएकाले यसप्रति राज्य चनाखो वन्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्