नुवाकोट, चैत १७ । यहाँ ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ । जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी(धामी) हरिमानसिंह डंगोल र उनकी जीवनसंगिनी (धमिनी)लाई पुज्ने र मुलुकमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि जात्रा शुरु भएको हो । स्थानीयवासीको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल…