
प्रधानमन्त्री ओलीले आफूसँग रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको काम–कारबाही पूर्णमन्त्रीका हैसियतले नै गर्ने गरी राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको प्रधानमन्त्रीका स्वकीयसचिव युवराज दाहालले जानकारी दिए ।
‘प्रधानमन्त्रीले आफ्नो प्रत्यक्ष निगरानीमा रहने गरी अधिकार प्रत्यायोजन गर्नुभएको हो । महत्वपूर्ण निर्णयहरूमा प्रधानमन्त्रीको संलग्नता रहनेछ’–उनले भने ।
सो जिम्मेवारीपछि अर्यालले पूर्णमन्त्रीसरह मन्त्रिपरिषदमा सहभागी हुन पाउने र मन्त्रालयमा गरेका निर्णयले मन्त्रिस्तरीय मान्यता पाउनेछन् ।
स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित उनी यही चैत २ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्