अनियमितता भएको भन्दै गढीमाई नगरपालिका कार्यालयमा तालाबन्दी • Image Khabar Image Khabar


अनियमितता भएको भन्दै गढीमाई नगरपालिका कार्यालयमा तालाबन्दी


Imagekhabar
१७ चैत्र २०७४, शनिबार ०८:५५

अनियमितता भएको भन्दै गढीमाई नगरपालिका कार्यालयमा तालाबन्दी

रौतहट, चैत १७ । रौतहटको गढीमाई नगरपालिका कार्यालयमा स्थानीयबासीले तालाबन्दी गरेपछि कामकाज प्रभावित भएको छ ।

यस आर्थिक बर्षमा लिएको नीति, योजना विपरित नगरकार्यपालिका सञ्चालन गरिएको भन्दै स्थानीयले गत बुधबारदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले अहिलेसम्म नगरकार्यपालिकाले गरेका कामको छानबिनको मागसमेत गरेका छन् ।

स्थानीयबासिन्दाले कार्यालयको व्यवस्थापनका लागि नगरपालिकाको कार्यालयले टेण्डर बिनानै कम्प्युटर, फर्निचर तथा स्टेसनरी सामान खरिद गरी अनियमितता गरेको आरोप लगाएका छन् ।

त्यसैगरी नगरभित्रका स्वास्थ्य चौकीका लागि खरिद गरिएको औषधि र किसानको लागि खरिद गरिएको कीटनाशक औषधि छर्ने ट्यांकीमा अनियमितता भएको आरोप पनि उनीहरुले लगाएका छन् ।

नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि वडा नम्बर ९ को वडा कार्यालयबाट नगरकार्यपालिकाको कार्यालय संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्