करेन्ट लागेर एक जनाको मृत्यु, पाँच जना घाईते • Image Khabar Image Khabar


करेन्ट लागेर एक जनाको मृत्यु, पाँच जना घाईते


Imagekhabar
१७ चैत्र २०७४, शनिबार ०९:५१

करेन्ट लागेर एक जनाको मृत्यु, पाँच जना घाईते

पर्वत, चैत १७ । नेपाल विद्युत् प्राधिकरणको पोल सार्ने क्रममा पर्वतको जैमिनी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पोलमा चढेर काम गरिरहेको बेला करेन्ट लाग्दा जैमिनी नगरपालिका–५ बिनामारेका २४ बर्षिय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो ।

घटनामा अन्य पाँच जना घाईते भएका छन् । घाइते हुनेमा जैमिनी नगरपालिका–५ का होमनाथ शर्मा, धनबहादुर नेपाली, दुर्गाबहादुर परियार, चित्रनाथ उपाध्याय र रमेशप्रसाद आचार्य रहेका छन् ।

काठको कच्ची पोल रहेको ठाउँमा फलामको पक्की पोल राख्दा पोलले तारमा छोएर करेन्ट लागेको कुस्मीसेरा प्रहरी चौकीका इन्चार्ज देवराज बानियाँले जानकारी दिए ।

घाइतेहरुको बिनामारे स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बाग्लुङ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्